कुम्मायक, पाँचथर्।

विद्यालय मर्ज गरे आन्दोलन गर्ने अभिभावकको चेतावनी

फालेलुङ न्युज
१७ घण्टा अगाडी

रमेश थापा, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँका अभिभावकहरूले हाङमापोखरी र सिंहकाली आधारभूत विद्यालय मर्ज (गाभ्ने) गर्ने निर्णयको विरोध गर्दै आन्दोलनको चेतावनी दिएका छन्। शुक्रवार गाउँपालिकाको कार्यालयमा पुगेर दुबै विद्यालयका अभिभावकहरूले उपाध्यक्ष महेन्द्र बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका हुन्। उपाध्यक्ष खड्कालाई हाङमापोखरी विद्यालयका शिक्षक ...

सिदिङवा, ताप्लेजुङ

ताप्लेजुङको सिदिङवामा बोलेरो दुर्घटना, एकजनाको मृत्यु

फालेलुङ न्युज
४ दिन अगाडी

  ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङ्खोपमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ढङढङ्गे झरनाबाट आङ्खोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी मंगलबार साँझ करिब साढे ६ बजे लारापा (बुलबुले) नजिक दुर्घटनामा परेको स्थानीय अशोक इदिङ्गोले जानकारी दिनुभयो। गाडीमा सातजना सवार रहेका मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको ...

फिदिम, पाँचथर

फेमे खोलामा सेनाद्वारा काठको फड्के निर्माण, पैदल आवागमन सहज

फालेलुङ न्युज
४ दिन अगाडी

पाँचथर ।  अविरल वर्षापछि आएको बाढीले डाइभर्सन र सडक बगाएपछि अवरुद्ध बनेको फिदिम–फालौट मार्गको फेमे खोलामा नेपाली सेनाको फिदिमस्थित बीरदल गणले काठको फड्के निर्माण गरेको छ। सेनाले मङ्गलबार फेमे खोलामा अस्थायी फड्के बनाएको हो। यससँगै पैदल यात्रुहरूलाई आवागमनमा सहजता भएको छ। फेमे खोलामा असोज १८ गते आएको बाढीले सडक र ...

 

कुम्मायक गाउँपालिकामा बढ्दो बेथिति रोक्न ६ दलद्वारा ध्यानाकर्षण पत्र

२०८२ आश्विन ८, बुधबार