आठराई, तेह्रथुम ।

Nepalitheme
Pasupati Ayurvedic

तेह्रथुम जिल्ला आठराई गाउँपालिका-६, चुवान डाँडामा लिम्बू समुदायको विशेष चाड चाशोक थिशोक पर्व उल्लासपूर्वक मनाइएको छ। याक्थुङ तङ्नाम संरक्षक समितिको आयोजनामा मंसिर १५ गते मनाइएको यस पर्व नयाँ अन्न र बाली चढाएर खाने दिनका रूपमा मनाइन्छ। यसलाई विशेष नवाङ्गी पूजाको रूपमा मनाउने परम्परा छ।

पर्वमा विभिन्न जातजातिका परम्परागत नृत्यहरू प्रस्तुत गरिएको थियो। लिम्बू, राई, मगर, तामाङ, झाँक्री नाच तथा क्षेत्री-बाहुन समुदायको संगिनी नाचले कार्यक्रममा सांस्कृतिक विविधताको झल्को दिएको थियो। कार्यक्रममा ५ सयभन्दा बढी सहभागी भएका थिए। साँझमाचर्चित राष्ट्रिय कलाकार सुनिता थेगिम र सुमन कन्दङ्वाको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो।

ऊनको स्वीटर टेजर

कार्यक्रमका संयोजक तथा याक्थुङ तङ्नाम संरक्षक समितिका अध्यक्ष ताराबहादुर कन्दङ्वाले यसपटक पहिलो पटक मेलासहित पर्व आयोजना गरिएको जानकारी दिए। उनले आगामी वर्ष अझ व्यापक रूपमा मनाउने योजना रहेको बताउँदै, चाशोक थिशोकले लिम्बू समुदाय मात्र नभई अन्य समुदायहरूलाई पनि एकताको सन्देश दिने बताए।

कार्यक्रमका सहआयोजक तथा समितिका उपाध्यक्ष सुशील कन्दङ्वाले विदेशमा रहे पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्नाका लागि निरन्तर लागिपरेको बताए। चाशोक थिशोक पर्वले नयाँ पुस्तालाई आफ्नो इतिहास बुझ्न र भाषासहित संस्कृतिको प्रवर्द्धन गर्न प्रेरणा दिने उनको भनाइ छ।

पर्वका प्रमुख अतिथि १ नम्बर प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य गुर्गा चापागाईंले चाशोक थिशोकलाई विभिन्न जातजातिको पहिचान र एकता झल्काउने माध्यमका रूपमा सराहना गरे। उनले स्थानीय, प्रदेश, र संघीय सरकारले यस्ता मौलिक संस्कारको संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमले चुवान डाँडाको सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व उजागर गर्न समेत योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय