पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवती मुना कुरुम्वाङको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ। उनलाई उच्च रक्तचाप (प्रि–एक्लेम्प्सिया) र शरीर सुनिने समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।

Pasupati Ayurvedic
Nepalitheme

तुम्बेवा गाउँपालिका स्वास्थ्य संयोजक विनिता गौतमका अनुसार मुनालाई अत्यधिक रक्तचाप, शरीरमा कम्पन र सुनिने जस्ता गम्भीर लक्षण देखिएपछि हाङगुमस्थित बर्थिङ्ग सेन्टरमा उपचार सम्भव भएन। यस्तो अवस्थामा थप जटिलता आउन सक्ने भएकाले तत्कालै रेफर गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिइन्।

गाउँपालिका अध्यक्ष बाबुराम खड्काका अनुसार शनिबार अपराह्न राष्ट्रपति महिला हवाइ उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार कार्य तुम्बेवा गाउँपालिकाको पहलमा तथा जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा सम्पन्न भएको हो। काम विशेषले काठमाडौंमै रहेका अध्यक्ष खड्का सोही हेलिकोप्टरमा सवार भई हाङगुम आइपुगेका थिए र उद्धार कार्यमा प्रत्यक्ष समन्वय गरेका थिए।

ऊनको स्वीटर टेजर

उद्धारपछि मुना कुरुम्वाङलाई काठमाडौंस्थित परोपकार प्रसूति गृह, थापाथलीमा भर्ना गरिएको छ। यसअघि पनि यस्तै स्वास्थ्य समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलाहरूको तुम्बेवा गाउँपालिकाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवा पहुँचमा चुनौती रहेका दुर्गम क्षेत्रमा यस्तो हवाइ उद्धार सेवा जीवनरक्षक उपायका रूपमा प्रभावकारी देखिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय