पाँचथर । गायक दिनेश मगर र गायिका मिलन नेवरको स्वरमा रहेको नयाँ गीत ‘पार लाउन सक्दिन’ आज (शुक्रबार) सार्वजनिक भएको छ। आधुनिक डान्सिङ शैलीमा तयार पारिएको उक्त गीत बिहान दुस म्युजिक (DUSH MUSIC) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Pasupati Ayurvedic
Nepalitheme

गीतको शब्द रचना डी.पी. खनालले गरेका हुन् भने संगीत दिवंगत संगीतकर्मी विक्रम राईको रहेको छ। भिडियोमा कलाकार सुनिल क्षेत्री, कविता नेपाली लगायतको अभिनय देख्न सकिन्छ।

यो गीत गायक दिनेश मगरको स्वरमा सार्वजनिक भएको दोस्रो गीत हो। पेशाले व्यवसायमा संलग्न मगरले सानैदेखि गीत–संगीतमा रुचि रहेको बताए। “सांगीतिक क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि म सधैं सक्दो योगदान दिन चाहन्छु,” उनले भने।

ऊनको स्वीटर टेजर

पाँचथरको फालेलुङ गाउँपालिकाका बासिन्दा मगरले यसअघि पनि एक गीतमार्फत दर्शक–श्रोताको ध्यान खिचिसकेका छन्। नयाँ गीतप्रति पनि उनी निकै आशावादी रहेको बताउँछन्।

भिडियो

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय