सलिना भण्डारी, फिदिम। 

Nepalitheme
Pasupati Ayurvedic

वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका श्री जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ–७ टारीका संस्थापक प्रधानाध्यापक रङ्गलाल रिजालले विद्यालयका १३० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गराएका छन्।

पोशाक खरिदका लागि आवश्यक सम्पूर्ण खर्च रिजालले नै उपलब्ध गराएका हुन्। यसअघि पनि विद्यालयको विकासमा निरन्तर सहयोग गर्दै आएका रिजालले २०८० साल कार्तिक १५ देखि २२ गतेसम्म विद्यालयमा आयोजित पुराणमा ४ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग गरेका थिए।

ऊनको स्वीटर टेजर

पोशाक वितरण कार्यक्रममा प्रमुख अतिथि हिलिहाङ गाउँपालिकाका अध्यक्ष सरबहादुर अधिकारीले विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका रिजालप्रति आभार व्यक्त गर्नुभयो।

पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। विद्यालय परिवारले समेत रिजालप्रति कृतज्ञता व्यक्त गर्दै विद्यार्थीलाई अनुशासन र लगनशीलतासहित अध्ययनमा लाग्न प्रेरित गरेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीलविक्रम इधिङ्गो र विद्यालयका प्रधानाध्यापक तोनाथ अधिकारीले पनि रिजालप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय