श्रीखोला भारत। छिमेकी राष्ट्र भारतको दार्जिलिङ राज्य अन्तर्गत श्रीखोलामा रक्षा बन्धनको अवसरमा आयोजित फुटबल प्रतियोगितामा नेपालकाे फालेलुङ गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

सावन १२ गते (जुलाई २८) देखि सुरु भएको प्रतियोगितामा फालेलुङले आज भएको सेमिफाइनल खेलमा भारतको सिक्किम टिमलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। अब फालेलुङको टिमले सावन २४ गते (अगस्ट ९) फाइनलमा भारत वेस्ट बेङ्गलको अफ रोडिङ (Off Roading) टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

फालेलुङको तर्फबाट सहभागी टिमको व्यवस्थापन प्राङबुङ स्पोर्टिङ क्लब, फालेलुङ–५ प्राङबुङले गरेको हो। क्लबका सल्लाहकार शिल्प कुमार राईले खेलकुदमार्फत छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

ऊनको स्वीटर टेजर

उनका अनुसार, नेपालमा स्थानीय सरकार स्थापनाअघि सीमावर्ती फालेलुङ क्षेत्रका नागरिकहरूले श्रीखोला, रिम्बिक, बिजनबारी तथा सिक्किमसम्म भारी बोकेर नुन, तेल, चामल ल्याउने र यहाँ उत्पादन भएको आलु, मटरजस्ता सामग्री ती ठाउँमा बेचबिखन गर्ने परम्परा थियो। अहिले यातायातको सुविधा विस्तारसँगै यस्ता आवतजावत र सम्बन्ध कम हुँदै गएका छन्। राईले भने, “खेलकुदजस्ता कार्यक्रमले सीमावर्ती सम्बन्ध अझै मजबुत बनाउने छन्।”

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५ हजार भारु, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई ६० हजार भारु सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय