पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँमा गत शुक्रबारदेखि बेपत्ता भएका दुई बालबालिकाको शव खोलामा मृत अवस्थामा फेला परेको छ।

Pasupati Ayurvedic
Nepalitheme

बुधबार बिहान ६ वर्षीया नमुना राई र उनका दाजु ९ वर्षीय शिशिर राईको शव बिरुवा खोलामा फेला परेको इलाका प्रहरी कार्यालय च्याङथापुका प्रमुख भीम थेवेले जानकारी दिनुभयो।

स्थानीयवासीले बिहान नमुनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनका दाजु शिशिरको शव पनि सोही खोलामा करिब २०० मिटर तल फेला परेको हो।

ऊनको स्वीटर टेजर

प्रहरीका अनुसार बालबालिका नजिकैको खोलाको दहमा पौडी खेल्न गएका बेला खोलाले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा बाटोबाट किताबहरू छरिएको अवस्थामा भेटिएकाले उनीहरू विद्यालय जान लाग्दा नै सो स्थानतर्फ गएका देखिएको प्रहरीको भनाइ छ।

गत शुक्रबार बिहान विद्यालय जान घरबाट निस्किएका दुवै जना त्यसपछि सम्पर्कविहीन थिए। उनीहरू स्थानीय बिर्ख बहादुर राईका सन्तान हुन्। उनीहरूले पढ्ने पूर्ण आधारभूत विद्यालय घरबाट करिब १५ मिनेट उकालोमा रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय