आठराई तेह्रथुम

Nepalitheme
Pasupati Ayurvedic

चासोक तङनामको अवसरमा तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित चुहानडाँडामा चासोक थिसोक र वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ।

ऊनको स्वीटर टेजर

याक्थुङ तङनाम संरक्षण समिति, आठराईको आयोजनामा यहीँ मंसिर १५ गते तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाको प्राङ्गणमा सामूहिक न्वागी पूजासँगै वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।

मौलिक याक्थुङ (लिम्बू) बिधि अनुसार न्वागी पूजासँगै लोकप्रिय गायिका सुनिता थेगिम लगायत अन्य कलाकारहरुको साथमा वृहत् साँस्कृतिक कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष तारा बहादुर कन्दङवाले बताए।

कार्यक्रममा वडा स्तरीय केलाःङ् (च्याब्रुङ् नाच) प्रतियोगिता, याक्थुङ (लिम्बू)हरुको धान नाच, येबा लाङ्, किरात राईहरुको साकेला नाच, तामाङहरुको तामाङ सेलो, झाँक्री नाच, बालन, संगीनि जस्ता मौलिक साँस्कृतिक प्रस्तुतिहरु देखाइनेछ।

मौलिक संस्कार र कला–संस्कृतिको संरक्षण एवंम् पुस्तान्तरणका लागि कार्यक्रमको आयोजना गरिएको याक्थुङ तङनाम संरक्षण समिति अध्यक्ष कन्दङवाले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय