पाँचथर। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) पाँचथरले पाँच सयभन्दा बढी बोटबिरुवा रोपेको छ।

Pasupati Ayurvedic
Nepalitheme

शुक्रबार फिदिम नगरपालिका–१ स्थित बिपी सामुदायिक वनमा मात्रै ५ सयभन्दा बढी बिरुवा रोपिएको वाइसीएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले जानकारी दिए। उनका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी पाँच हजारभन्दा धेरै वृक्षारोपण गरिसकिएको छ।

वृक्षारोपण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो (मौसम), १ नम्बर प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेबे (प्रमिला) सहित प्रदेश र जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

ऊनको स्वीटर टेजर

वाइसीएल अध्यक्ष तुम्रोकका अनुसार संगठनले यसअघि पनि विभिन्न सामाजिक, पर्यावरणीय र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। असार १५ गते ‘राष्ट्रिय धान दिवस’ को अवसरमा फिदिम नगरपालिका–६ सिवामा वाइसीएलले कृषकहरूसँग सहभागिता जनाउँदै धान रोपेर पर्व मनाएको थियो।

“जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन गम्भीर बन्दै गएका छन्,” अध्यक्ष तुम्रोकले भने, “यस्तो अवस्थामा वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले हामीले निरन्तर रूपमा यस्तो अभियान अगाडि बढाएका हौं।”

उनले यस्ता अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय