फिदिम । गीतकार किरण थेगिम (जबेगू) लिम्बूको शब्दमा तयार गरिएको दोस्रो गीत ‘सोल्टिनी ज्यू दर्शन सेवारो’ सार्वजनिक भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

यसअघि उनको पहिलो गीत ‘तिमीलाई’ बोलको भिडियो लिप–सिङ सहित सार्वजनिक भएको थियो। त्यसपछि साउन ३० गते आफ्नै युट्युब च्यानल Kiran Thegim मार्फत ‘सोल्टिनी ज्यू दर्शन सेवारो’ सार्वजनिक गरिएको गीतकार थेगिमले जानकारी दिए।

गीतमा सुरज मादेन र दीक्षा खजुम लिम्बूको स्वर रहेको छ भने संगीत तथा एरेन्ज बुद्धराज लिम्बूले गरेका छन्। यसअघि सार्वजनिक भएको पहिलो गीतमा दीक्षा खजुम लिम्बूको एकल स्वर रहेको थियो।

ऊनको स्वीटर टेजर

हाल अडियो स्वरूपमा मात्र सार्वजनिक गरिएको यस गीतलाई केही समयपछि भिडियो सहित ल्याउने तयारी भइरहेको गीतकार थेगिमले बताए। उनका अनुसार यो पूर्वेली भाकामा आधारित गीत हो।

गीत सुन्नुस 

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय