फिदिम । आशिष चाम्लिङ राईको स्वर र संगीतमा रहेको गीत “टुटेको तारा” को टिजर बिहीबार सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो साउन ७ गते सार्वजनिक गरिने भएको छ।
गीतमा सुरज तामाङको शब्द, आशिष चाम्लिङ राईको संगीत र स्वर रहेको छ। गीतको टिजर (Aasish Rai Official) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ४२ सेकेन्डको ट्रेलरमा आधुनिक भाव र प्रेमिल प्रस्तुतिका झलक देख्न सकिन्छ।
भिडियोमा कलाकार युगल योङहाङ लिम्बू र गंगा सेम्बु लिम्बूको अभिनय देख्न पाइनेछ। भिडियोको निर्देशन उत्तम योङहाङ लिम्बूले गरेका छन्। निर्देशकका अनुसार पूरा म्युजिक भिडियो यही युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

गायक तथा संगीतकार आशिष चाम्लिङ राई पूर्वेली तारा सिजन १ का विजेता समेत हुन्। पाँचथरको फालेलुङ–६ स्थायी घर भई हाल कोरियामा रोजगारको सिलसिलामा रहेका उनले यसअघि अडियो संस्करण सार्वजनिक गरिसकेका थिए। अब म्युजिक भिडियोसहित सार्वजनिक गर्न लागिएको उनले जानकारी दिएका छन्।
(भिडियो हेर्रनुस )






