पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थित गुह्येश्वरी आधारभूत विद्यालय, दुम्सीपोखरीका ३१ जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ। विद्यालयमा स्थापना गरिएका तीन वटा अक्षयकोषको वार्षिक ब्याज रकम २२ हजार ६१० रुपैयाँ प्रयोग गरी पोशाक (पेन्ट र सर्ट) सिलाएर वितरण गरिएको हो।

Pasupati Ayurvedic
Nepalitheme

कक्षा १ देखि ८ सम्मका जेहेनदार तथा विपन्न पृष्ठभूमिका विद्यार्थीलाई लक्षित गरी स्कुल पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले जानकारी दिनुभयो। पोशाक वितरणमा स्व. अविमाया ढकाल स्मृति अक्षयकोष, स्व. रञ्जित तथा गंगादेवी भण्डारी स्मृति अक्षयकोष, र पाँचथर दोहा–कतार सम्पर्क मञ्चद्वारा स्थापना गरिएको अक्षयकोषको ब्याज रकम खर्च गरिएको हो।

त्यस्तै, विद्यालयमा स्थापना गरिएको अर्को अक्षयकोष स्व. गोमादेवी भण्डारी स्मृति कोषको ३० हजार ५६५ रुपैयाँको ब्याज रकमबाट बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ। स्टेशनरी अक्षयकोषदाता प्रविण भण्डारीद्वारा हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

ऊनको स्वीटर टेजर

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी वडासदस्य इन्द्रप्रसाद चेम्जोङ समक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाले विद्यालयको घेराबार तथा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सहयोगको माग गर्नुभएको थियो। 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय