लुङरुपा, पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फिदिम नगरपालिका–१४ लुङ्रुपामा ४८ जनाभन्दा बढीले विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसबाट १२, नेकपा एमाले १८,  नेकपा एस ४, राप्रपा १२ र जनमुक्ति ३ जना गरि ४९ जना पार्टीका सदस्यहरूले माओवादी केन्द्रको सदस्यता लिएको पार्टीका जिल्ला अध्यक्ष विसल रसाइलीले जानकारी दिए।

ऊनको स्वीटर टेजर

प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रवेश गर्नेहरूलाई माओवादी केन्द्रले मात्रै विकास गर्न सक्ने विश्वासले आकर्षित गरेको बताइएको छ।

लुङ्रुपा फिदिम नगरपालिकाकै विकट क्षेत्र हो। जहाँ, यातायात, शिक्षा, स्वास्थ्य, र पर्यटनजस्ता क्षेत्रहरूमा काम गर्नुपर्ने आवश्यकता रहेको प्रमुख अतिथि नेम्वाङले बताए।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीता थेवे, विषेश अतिथि हेमराज कार्की, जिल्ला अध्यक्ष विशाल रसाइली, र नगर उपप्रमुख राधाकृष्ण न्यौपानेको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय