पाँचथर। पाँचथर जिल्लामा पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) आधारित डिजिटल एक्स–रे प्रविधिको प्रयोग गरी निशुल्क क्षयरोग (टीबी) खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ। फिदिम नगरपालिकाको आयोजनामा आगामी असार ३ गतेदेखि शुरु हुने उक्त शिविर फिदिममै पहिलो प्रकारको स्वास्थ्य अभियान हो।

Nepalitheme
Pasupati Ayurvedic

नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै शिविरको औपचारिक जानकारी दिएको हो। सो अवसरमा नगरप्रमुख मित्रप्रसाद काफ्लेले फिदिम नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गरे। उनले भने, “शिविरले विशेष गरी जोखिम समूहका व्यक्तिहरूलाई लक्षित गरी क्षयरोग पहिचान र समयमै उपचारमा सहयोग गर्नेछ।”

उपमेयर राधाकृष्ण न्यौपानेले जनस्वास्थ्यका सवालमा प्रविधिसँग सहकार्य गर्दै नगरपालिकाले नयाँ अभ्यासको थालनी गरेको बताइन्। “यस किसिमको शिविर नेपालकै सन्दर्भमा नयाँ अभ्यास हो,” उनले स्पष्ट पारिन्।

ऊनको स्वीटर टेजर

नगर प्रमुख प्रशासकीय अधिकृत कुमार भट्टराईले फिदिम नगरपालिकाले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यो शिविर आयोजना गरेको जानकारी दिँदै नगरवासीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।

शिविरमा एआई प्रविधिबाट क्षयरोग पहिचान गरिनेछ। विशेष गरी लामो समयदेखि खोकी, लगातार ज्वरो, तौल घट्ने, सास फेर्न गाह्रो हुने व्यक्तिहरूका साथै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, कृषक, विदेशबाट फर्किएका श्रमिकहरूजस्ता जोखिममा रहेका समूहहरूलाई लक्षित गरिएको छ।

शिविरको पूर्ण व्यवस्थापन फिदिम नगरपालिकाले गर्नेछ भने कार्यान्वयनमा जिल्ला अस्पताल पाँचथर, विभिन्न स्थानीय स्वास्थ्य संस्था र सरोकारवालाहरूको सहकार्य रहने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय