फिदिम,पाँचथर।  पाँचथरमा भक्तपुर क्यान्सर अस्पतालको प्रविधिक सहयोगमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबारदेखि सुरु भएको छ। महिलामुखी उक्त शिविरबाट पहिलो दिनमै ९ सय महिलाले सेवा लिएका छन्।

Pasupati Ayurvedic
Nepalitheme

शिविरमा सहभागी अधिकांश महिलाहरू ३० वर्षदेखि ५० वर्ष उमेर समूहका थिए। विशेषगरी विवाहित महिलाहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल पाँचथरमा सञ्चालन भएको शिविरमा पाठेघरको घाउ, ट्युमर, स्तनमा गिर्खा लगायतका समस्या देखा परेका धेरै बिरामी पहिचान भएका छन्।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. उज्ज्वल चालिसेले पहिलो दिनको सेवामा ९ सय महिलाले लाभ उठाएको जानकारी दिए। उनका अनुसार शिविरमा भिडियो एक्सरे, अल्ट्रासाउन्ड लगायत सेवा पनि उपलब्ध गराइएको छ।

ऊनको स्वीटर टेजर

शिविरमा सहभागी हुन भक्तपुरबाट १८ सदस्यीय स्वास्थ्यकर्मीको टोली बिहीबार साँझ फिदिम आइपुगेको थियो। उक्त टोलीले शुक्रबार बिहानदेखि परीक्षण सेवा सुरु गरेको हो। परीक्षणपछि बिरामीको स्वास्थ्य प्रतिवेदन दुई साताभित्र फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइने बताइएको छ।

शिविरमा पाँचथरसँगै ताप्लेजुङ र तेह्रथुमका महिलाहरूले पनि सेवा लिएका छन्। ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट महिलाहरूले व्यापक लाभ लिने अपेक्षा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए।

गत वर्ष फिदिम नगरपालिकाले सञ्चालन गरेको यस्तै प्रकारको स्क्रिनिङ शिविरमा ९८४ महिलाको परीक्षण गरिएको थियो। जसमा ३६ जनामा क्यान्सरको सम्भावित लक्षण भेटिएकोले यस वर्ष पनि शिविर सञ्चालन गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय