पाँचथर । गायक दिनेश मगर र गायिका मिलन नेवरको स्वरमा रहेको नयाँ गीत “पार लाउन सक्दिन” शुक्रबार सार्वजनिक हुने भएको छ। आधुनिक डान्सिङ शैलीमा तयार पारिएको यो गीत दुस म्युजिक (DUSH MUSIC) च्यानलमार्फत सार्वजनिक गरिनेछ।

Pasupati Ayurvedic
Nepalitheme

गीतमा शव्द रचना डिपि खनालले गरेका हुन् भने संगीत दिवंगत संगीतकर्मी विक्रम राईको रहेको छ। गीतको छायांकन सम्पन्न भइसकेको छ भने भिडियोमा कलाकार सुनिल क्षेत्री र कबिता नेपालीको मुख्य अभिनय देख्न सकिने गायक मगरले जानकारी दिए।

यो गीत गायक मगरको स्वरमा सार्वजनिक हुन लागेको दोस्रो गीत हो। पेशाले व्यापार व्यवसायमा संलग्न रहँदै आएका मगरले गीत–संगीतप्रति सानैदेखि नै रुचि रहेको बताए। “सांगीतिक क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि म सधैं सक्दो योगदान दिन चाहन्छु,” उनले भने।

ऊनको स्वीटर टेजर

पाँचथरको फालेलुङ गाउँपालिकाका बासिन्दा मगरले यसअघि पनि एक गीतमार्फत दर्शक–श्रोताको ध्यान खिचिसकेका छन्। अब सार्वजनिक हुन लागेको नयाँ गीतबाट पनि आशावादी रहेको उनी बताउँछन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय