पाँचथर । याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँका दुई नाबालक बिहीबारदेखि सम्पर्कविहीन भएका छन्।

Nepalitheme
Pasupati Ayurvedic

बिहीबार बिहान विद्यालय जान हिँडेका बिर्खबहादुर राईका नौ वर्षीय छोरा शिशिर राई र छ वर्षीया छोरी नानुमा राई विद्यालय नपुगी बेपत्ता भएका हुन्। उनीहरू स्थानीय पूर्ण आधारभूत विद्यालयमा क्रमशः कक्षा चार र कक्षा एकमा अध्ययनरत रहेको छिमेकी ज्योति बेघा लिम्बूले जानकारी दिइन्।

राई दाजुभाइ बिहान घरबाट विद्यालयतर्फ लागेका थिए। विद्यालय पुग्न करिब २५ मिनेट उकालो हिँड्नुपर्छ। तर उनीहरू विद्यालय नै नपुगी सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता थपिएको छ। बाटोमा कुनै गम्भीर जोखिमपूर्ण खोलो वा सम्भावित अप्रिय घटनास्थल नरहेको स्थानीयले जनाएका छन्।

ऊनको स्वीटर टेजर

बेपत्ता बालबालिकाको खोजीका लागि प्रहरी र स्थानीयवासी सक्रिय छन् तर चार दिनसम्म पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन। याङवरक गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बेपत्ता बालबालिकाको खोजीमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय