फिदिम। नेपाल शिक्षक महासंघद्वारा घोषणा गरिएको आन्दोलन कार्यक्रमअन्तर्गत आज फिदिम नगरपालिकामा दुई घण्टे धर्ना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा शिक्षक महासंघका पदाधिकारी र सम्बद्ध संगठनका प्रतिनिधिहरूको उपस्थितिमा नगर प्रमुख मित्र प्रसाद काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

Pasupati Ayurvedic
Nepalitheme

कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख निर्मला दाहाल समेत उपस्थित हुनुहुन्थ्यो। नेपाल शिक्षक महासंघ फिदिम नगर समितिका अध्यक्ष हरिकृष्ण मिश्रले नगर प्रमुख काफ्ले समक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभयो। साथै, एकिकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर कमिटीका अध्यक्ष एवं महासंघका पदेन सदस्य राम प्रसाद बाँस्कोटाले भने, “नेपाल सरकार र शिक्षक महासंघबीच बैशाख १७ गते भएको सम्झौता तथा शिक्षा मन्त्रालयसँगको सहमतिमा समावेश गरिएका बुँदाहरू प्रस्तावित शिक्षा ऐनमा समावेश नगरिएपछि हामी पुनः आन्दोलनमा निस्कन बाध्य भयौं।”

यस धर्ना कार्यक्रममा नेपाल शिक्षक संघका उपाध्यक्ष विरेन्द्र खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरका अध्यक्ष खगेन्द सुबेदी, नेपाल शिक्षक संघ फिदिम नगर समितिका अध्यक्ष सहदेव आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन फिदिम नगर कमिटीका अध्यक्ष हरि प्रसाद सुवेदी, एकिकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर कमिटीका अध्यक्ष रामप्रसाद बाँस्कोटा, विद्यालय कर्मचारी र बाल विकासका प्रतिनिधि सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाहरू गरी ५६ जनाको सहभागिता रहेको थियो।

ऊनको स्वीटर टेजर

शिक्षक महासंघले माग गरेको मुख्य बुँदाहरूमा आवश्यक शैक्षिक योग्यता पुगेका शिक्षकको आवधिक बढुवा सुनिश्चित गर्नु, शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्नु, राहत, अस्थायी र उच्च मावि अनुदानमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नु, विद्यालय कर्मचारी र बाल विकासका सहयोगी कर्मचारीको स्थायी दरबन्दी कायम गर्नु लगायतका विषयहरू समावेश छन्।

त्यसैगरी, ध्यानाकर्षण पत्रमा ग्रेड समान तहका निजामती कर्मचारीसँग मिलान, दुःख पाएका शिक्षकको टुटेको सेवा अवधि गणना, विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको व्यवस्था, शिक्षक काउन्सिलको व्यवस्था, शिक्षक सरुवालाई सहज र व्यवस्थित बनाउने, पेशा प्रवेशको उमेर ४० वर्ष राख्ने र शिक्षकको मर्यादाको सुनिश्चितता सहित शिक्षा ऐन जारी गर्नुपर्ने माग राखिएको छ।

फिदिम नगरपालिकासँगै पाँचथरका याङवरक, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ, तुम्बेवा, हिलिहाङ र कुम्वायक गाउँपालिकामा पनि दुई घण्टे धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाइएको थियो। आज देशभरका ७५३ वटै स्थानीय पालिकामा महासंघको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय