Pasupati Ayurvedic
Nepalitheme

ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङ्खोपमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ढङढङ्गे झरनाबाट आङ्खोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी मंगलबार साँझ करिब साढे ६ बजे लारापा (बुलबुले) नजिक दुर्घटनामा परेको स्थानीय अशोक इदिङ्गोले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

गाडीमा सातजना सवार रहेका मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको र दुईजना गम्भीर घाइते भएका छन्। गाडि सडकबाट २२० मिटर तल खसेको अनुमान छ्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि साप्लाखु स्वास्थ्य चौकीबाट थप उपचारका लागि रेफर गरिएको इदिङ्गोले बताउनुभयो। घटनाको विस्तृत विवरण आउन बाकी छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय