फालेलुङ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका–८, आकाशेमा भदौरे मेला तथा महिला–पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चोम्जोलुङ सेवा समाजको आयोजनामा मेलासहितको खेलकुद कार्यक्रम साउन ३० गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्।

साउन ३० गते विशेष मेला लाग्नेछ भने सोही अवसरमा सुरु हुने महिला र पुरुष फुटबल प्रतियोगिता ज्ञानज्योति आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। आदिकालदेखि निरन्तर चल्दै आएको परम्परागत भदौरे मेला यस वर्ष पनि भव्यताका साथ आयोजना गरिन लागेको हो।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ भने दोस्रो हुने टोलीलाई नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, हाइस्कोरर र फरवार्ड खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।

महिलातर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ र दोस्रो हुनेले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। महिला खेलाडीहरूबाट पनि उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

मेला अवधिभर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिने स्थानीय फुङ्सो जबेगूले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय