फिदिम, पाँचथर ।

असिनापानीले फिदिम–१२ मा आलु खेतीमा गम्भीर क्षति, घरहरूमा समेत असर

सलिना भण्डारी
७ घण्टा अगाडी

पाँचथरको फिदिम नगरपालिका–१२ मा हिजो परेको असिनासहितको वर्षाले स्थानीय कृषकहरूले लगाएको आलु खेतीमा गम्भीर क्षति पुर्‍याएको छ भने मकै बालीमा आंशिक असर परेको छ। अचानक आएको असिनापानीका कारण बारीमा लगाइएका बालीहरूमा प्रत्यक्ष क्षति पुगेको हो। असिनाको तीव्र प्रहारले आलु बाली अधिकांश रूपमा नष्ट भएको छ। आलुको बोटमा व्यापक क्षति पुगेको ...

फाल्गुनन्द गाउँपालिका

स्थानीय न्याय सुदृढीकरणतर्फ फाल्गुनन्दमा ३५ मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

सलिना भण्डारी
७ घण्टा अगाडी

पाँचथर । फाल्गुनन्द गाउँपालिकाले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ३५ जना मेलमिलापकर्तालाई पुनर्ताजगी (रिफ्रेसर) तालिम प्रदान गरेको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालित उक्त तालिम वैशाख १० गतेदेखि १२ गतेसम्म आवासीय रूपमा सम्पन्न भएको हो। पालिकाका सातै वडाबाट छनोट भई यसअघि ४८ घण्टे आधारभूत ...

फालेलुङ, पाँचथर

फालेलुङका चौँरी गोठदेखि राष्ट्रिय पहिचानसम्म: घट्दो परम्परा, बढ्दो चिन्ता

सलिना भण्डारी
६ दिन अगाडी

फालेलुङ। पाँचथरको उच्च पहाडी भेग फालेलुङमा कुनै समय जीविकोपार्जनको प्रमुख आधार बनेको चौँरी–याक पालन आज राष्ट्रिय पहिचानको विषय बनेको छ। तर विडम्बना, यही परम्परागत पेशा पछिल्लो समय क्रमशः संकटतर्फ धकेलिँदै गएको छ। करीब दुई दशकअघिसम्म फालेलुङ गाउँपालिकाको तीनसिमाना फालोट, नेपालटार, पासिभञ्ज्याङ र चारराते थोकुम क्षेत्र चौँरी गोठले भरिभराउ थिए। त्यतिबेला ...

 

तीनसिमानामा राष्ट्रिय याक दिवस मनाइने, लोपोन्मुख याक–चौँरी संरक्षणमा जोड

२०८३ बैशाख ५, शनिबार