काठमाडौँ । गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
बिहीबार बिहान सानुभाइसहित ३ जना ठमेलको नर्सिङचोक स्थित नगरकोट दोहोरी साँझबाट पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा उनीसहित नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका ३० वर्षीय रविन्द्र गुरुङ र पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० घर भएका २६ वर्षीय दिल कुमार तुम्बापो छन् ।

सानुभाइ नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ का स्थानीय हुन् । उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ ।





