Nepalitheme
Pasupati Ayurvedic

फिदिम। पाँचथरको फिदिम बजारमा मंगलबार परिवर्तन संघसँग सम्बद्ध जेन्जी पुस्ताले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको १३ दिनको पुण्यतिथिमा मौन र्याली आयोजना गरेको छ।

फिदिमको शनिबारे मन्दिरदेखि सुरु भएको र्याली बजार परिक्रमा गर्दै गणतन्त्र चोकमा पुगेर दीप प्रज्ज्वलन तथा शोकसभा गरिएको थियो। कार्यक्रममा सहिदहरूको आत्माको चीरशान्तिको कामना गर्दै उपस्थितहरुले मौन श्रद्धाञ्जली अर्पण गरेका थिए।

ऊनको स्वीटर टेजर

गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन्जी पुस्ताले देशव्यापी आन्दोलन गरेका थिए। सो क्रममा प्रहरीको गोली लागी १९ जनाको मृत्यु भएको थियो। त्यही दिन पाँचथरको हिलिहाङ गाउँपालिका–अमरपुरका २८ वर्षीय कमल भण्डारी घाइते भई उपचारका क्रममा ज्यान गुमाएका थिए।

मृतक परिवारलाई परिवर्तन संघ पाँचथरले राहतस्वरूप ३० हजार रुपैयाँ सहयोग गरेको आयोजक विकास थाम्सुहाङले जानकारी दिएका छन्।

दीप प्रज्ज्वलन कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको सहभागिता थियो। हालसम्म जेन्जी आन्दोलनमा प्रहरी र आन्दोलनकारी गरी ७६ जनाले ज्यान गुमाइसकेका छन्।

आयोजकका अनुसार मंगलवारको मौन र्यालीमा दुई सयभन्दा बढी सहभागी भएका थिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय