फिदिम । पाँचथरको फिदिममा याक्थुङ मुन्चइत् चोक सयङको १६औँ स्थापना दिवस मनाइएको छ। किराँत याक्थुङ चुम्लुङ पाँचथरको सभाहलमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवससँगै स्मारिकामाथि विमर्श गरिएको हो।

Nepalitheme
Pasupati Ayurvedic

लिम्बू चलचित्रसम्बन्धी काम गर्ने संस्था रहेको जानकारी अध्यक्ष फुङ्सो जबेगुले दिएका छन्। उनका अनुसार संस्थाको संघीय कार्यसमितिबाट प्रकाशन गरिएको स्मारिका ‘मुन्चइत्’ माथि स्थापना दिवसकै अवसरमा छलफल गरिएको हो।

स्मारिकाबारे चुम्लुङ पाँचथरका पूर्वअध्यक्ष बुद्धराज इङ्वाले धारणा राखेका थिए। सो अवसरमा चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन्द्र शिशिर केरुङ प्रमुख अतिथि रहेका थिए भने पूर्वअध्यक्ष राजेन्द्र जबेगुले शुभकामना दिँदै याक्थुङ मुन्चइत् चोक सयङको महत्वबारे प्रकाश पारेका थिए।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय