पाँचथर । लिम्बु चलचित्रकर्मीहरूको स्मारिका ‘मुन्चइत्’ को औपचारिक विमोचन गरिएको छ।
शनिबार काठमाडौँको चुम्लुङहिममा याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति र नेवा: ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको हो।

Nepalitheme

वरिष्ठ चलचित्रकर्मी नविन सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुमविद येहाङ लावती, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका संघीय परिषद उपाध्यक्ष गुन्जा चौधरी, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर, किरात राई चलचित्रकर्मी संघका महासचिव बबिन राई, मगर चलचित्रकर्मी संघका महासचिव एल.बी. मगर, आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेश अध्यक्ष रेशम तामाङ, नेपाल-ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा, नेपाली सेनाका पूर्व उपरथी होमकुमार लावती, होटल व्यवसायी संघ काठमाडौँ जिल्ला अध्यक्ष सुरेश बराललगायतको संयुक्त हस्ताक्षरमा स्मारिका विमोचन गरिएको हो।

२१६ पृष्ठ लामो स्मारिकामा विभिन्न अनुसन्धानमूलक तथा विश्लेषणात्मक लेखहरू समावेश गरिएको छ।
त्यसमध्ये प्रा.डा. लक्ष्मणप्रसाद गौतमको “आख्यानको चलचित्रीकरण”, “चलचित्रमा पविधिको भाषा र लिम्बू चलचित्रको सङ्क्षेपण”, नविन सुब्बाको “चलचित्रमा भाषा निर्माणको प्रश्न”, नीलकमलको “लघु चलचित्र र वृत्तचित्र : सामान्य अध्ययन तथा उपयोगिता”, सागर केरुङको “लिम्बु चलचित्र उद्योगको परिस्थिति”, गुरुङ सुशान्तको “नेपालका आदिवासी चलचित्रको संक्षिप्त इतिहास र अवस्था”, कपिल पराजुलीको “डिजिटल सिनेमा क्यामरा, क्यामेराम्यान र कलरिस्ट”, सूर्य प्रकाश चेम्जोङको “याक्थुङ मुन्चइत् चोक सयङको स्थापना र लिम्बु चलचित्र”, र सन्देश सुब्बाको “याक्थुङ (लिम्बू) चलचित्र निर्माणको क्रम र गतिविधि” शीर्षकका लेखहरू रहेका छन्।

ऊनको स्वीटर टेजर

स्मारिकामा याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति, लिम्बुवान प्रदेश, नेवा: ताम्सालिङ प्रदेश, भारतको सिक्किम शाखा, पाँचथर जिल्ला, चाइना हङकङ कार्यसमिति, विभिन्न विषयगत समितिहरू तथा मानार्थ र आजीवन सदस्यहरूको विवरण पनि समावेश गरिएको छ।

त्यस्तै स्मारिकामा याक्थुङ मुन्चइत् चोक सयङको विधान, याक्थुङ चलचित्र दर्ता कार्यविधि, याक्थुङ स्टोरी बैंकको विनियम, याक्थुङ मुन्चइत् अक्षयकोषको नियमावलीहरू समेत समेटिएको संघीय अध्यक्ष तथा स्मारिकाका सम्पादक सागर केरुङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय