पाँचथर । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति पाँचथरद्वारा निर्मित प्रवेशद्वार (गेट) को उद्घाटन शुक्रबार जेठ ३० गते सम्पन्न भएको छ। गेट उद्घाटनको अवसरमा फिदिमस्थित चुम्लुङ भवनको प्राङ्गणमा महापुरुष सिरिजंगा सिंह थेवेको सालिक निर्माणको शिलान्यास पनि गरिएको हो।

Nepalitheme
Pasupati Ayurvedic

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले सिरिजंगाको योगदानको स्मरण गर्दै चुम्लुङको अगाडि निर्माण गरिने सालिक आगामी वर्षभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले फिदिम नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो। “महान व्यक्तित्वको शालिक निर्माणले फिदिम नगरको सौन्दर्य र सांस्कृतिक गौरव बढाउँछ,” नगरप्रमुख काफ्लेले बताउनुभयो।

कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र जबेगु, नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङलगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुभएको थियो।

ऊनको स्वीटर टेजर

कार्यक्रममा विभिन्न संघसंस्था, संघसंगठनका प्रमुख तथा पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। अतिथिहरूलाई च्याबु्रङ नाचमार्फत स्वागत तथा सम्मान गरिएको थियो।

उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष सुरेन सिशिर केरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन कमल हाङसरुम्बाले गर्नुभएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय