पाँचथर । फिदिम–फालोट सडकखण्डको फेमे खोलामा गाडी सञ्चालनमा आएको छ। खोलामा आएको बाढीले पानीको वहाव मोडेर सडक कटान गरेपछि बिहानैदेखि उक्त खण्डमा यातायात अवरुद्ध भएको थियो।

Nepalitheme

पूर्वाधार कार्यालयका इन्जिनियर शैलेन्द्र सिंहका अनुसार खोलाको वहाव डाइभर्सनतर्फ फर्काएर वैकल्पिक मार्ग बनाइएको र त्यसमार्फत सवारी साधन सञ्चालनमा ल्याइएको हो।

डाइभर्सनभन्दा अर्को किनारमा बाढी पसेपछि सडक अवरुद्ध भएको थियो। सडक खुलाउने प्रयास बिहानैदेखि भइरहेको थियो। सडक अवरुद्ध हुँदा फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका–१०, ११, १२ र १३ नम्बर वडाका स्थानीयवासी प्रभावित भएका थिए।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय