Nepalitheme
Pasupati Ayurvedic

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ र ७ नम्बर वडाको सिमानामा पर्ने वा:साँगुमा द्वितीय मेला तथा अन्तरपालिका स्तरीय खुला नकआउट पुरुष भलिबल प्रतियोगिता आगामी कार्तिक ६ गतेदेखि सुरु हुने भएको छ।

“प्रगतिशील समाजको कामना, परिवर्तन हाम्रो चाहना” भन्ने मूल नाराका साथ त्रिवेणी युवा क्लब नेपाल, वा:साँगुको आयोजनामा मेला तथा प्रतियोगिता हुने मेला व्यवस्थापन समिति अध्यक्ष अमर आङ्देम्बेले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

वलिहाङ तङ्नाम तथा शुभ दीपावलिको अवसरमा परापूर्वकालदेखि निरन्तर लाग्दै आएको यो मेलामा यस वर्ष विशेष गरी लिम्बू समुदायको सांस्कृतिक नृत्य के:लाङ प्रतियोगिता समेत आयोजना गरिने भएको छ। आयोजकका अनुसार कार्तिक ८ गतेका दिन सिङ्खेले येवालाङ, पा:लाम, हाक्पारे, तथा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन गरिनेछ।

के:लाङ प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई प्रथम पुरस्कार रु १८ हजार नगदसहित प्रमाणपत्र, दोस्रो हुने समूहलाई रु १३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

मेलाको अवसरमा द्वितीय बृहत् सांगीतिक कार्यक्रम र अन्य विविध सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिने आयोजकले जनाएका छन्।

यो मेला तथा अन्तरपालिका स्तरीय खुला नकआउट पुरुष भलिबल प्रतियोगितालाई फाल्गुनन्द गाउँपालिका–६ र ७ नम्बर वडाले प्रवर्द्धन गरेको बताइएको छ।

मेलाको जानकारी 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय