पाँचथर। पाँचथर जिल्लामा हालै आएको बाढी पहिरोबाट मृत्यु भएका र बेपत्ता भएका परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले नगद राहत प्रदान गरेका छन् ।

Nepalitheme

सोमबार जिल्लाको सदरमुकाम फिदिमस्थित मनस्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा ८ जना मृत्यु र बेपत्ता भएका परिवारलाई १०/१० हजार रुपैयाँ नगद राहत वितरण गरिएको हो।

राहत वितरणको कार्यक्रम माओवादी केन्द्रका उप महासचिव हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। गजुरेलले मेची राजमार्ग अन्तरगत हेवा खोला र फेमे खोला समेत अवलोकन गर्गर्नुभयो। हेवा खोलामा बेलिब्रिज बगाएको थियो भने फेमे खोलामा पक्की मोटरेबल पुल बगाएको हो। तत्काल स्थानीय सरकार र सडक डिभिजनले ड्राइबर्सन निर्माण गरि यातायातमा सन्चालन ल्याएको छ।

असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोले पाँचथरमा ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। जिल्लामा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको र केही बेपत्ता भएको पुष्टि भएको छ। सयौंको संख्यामा घरहरू बगेका छन् । दर्जनौं भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रशासनले जानकारी दिएको छ।

राहत वितरण कार्यक्रममा पार्टीका उप महासचिव, प्रदेश इन्चार्ज, संविधानसभा सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलसहित राष्ट्रिय सभा सचेतक गोपि अछामी, पार्टी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, जिल्ला इन्चार्ज सीता थेवे, झापा संयोजक राजु आचार्य, र पाँचथर संयोजक विशाल रसाइली लगायतका नेताहरूको उपस्थिति थियो।

फालेलुङ गाउँपालिकामा १ जना मृत्यु र १ जना बेपत्ता भएका छन् भने फाल्गुनन्द गाउँपालिकामा पनि १ जनाको मृत्यु भएको छ। यी मृतक र बेपत्ताका परिवारलाई केही दिनमै राहत प्रदान गरिने पार्टी जिल्ला संयोजक रसाइलीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय