फालेलुङ।
पाँचथरको फालेलुङ-५ मा बिहीबार दिउँसो भएको विस्फोट पदार्थ विस्फोट हुँदा चार बालक घाइते भएका छन्। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ, तर नेपाली सेनाको टोलीले पुष्टी गरेपछि मात्र यसको आधिकारिक पुष्टि हुने प्रहरी अधिकारीले जनाएको छ।
घटनास्थलमा फेला परेको विस्फोटक पदार्थले थप त्रास फैलाएको छ। स्थानीय सुरक्षा अधिकारीले जनाए अनुसार, विस्फोट आइतराज केरुङको घरमा भएको हो, जहाँ ‘होममेड ग्रिनेट’ फेला परेको छ।
विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रियसा साँवा गम्भीर घाइते भएका छन्। जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा रेफर गरिएको छ। यसैगरी, ११ वर्षीय पबन राईको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ भने ७ वर्षीय दिपशन राईको स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेको छ र थप विवरण नेपाली सेनाको टोलीले घटनास्थलमा पुगिसकेपछि विवरण आउने जनाए । नेपाली सेनाको टोलि शुक्रबार मात्र घटना स्थलमा पुग्ने श्रोतले जनाएको छ।