फालेलुङ। चलचित्र “ऊनको स्वीटर” टिमलाई पाँचथरको फालेलुङ-५, प्राङ्बुङमा आइतबार राति भव्य स्वागत गरिएको छ।

Nepalitheme

फालेलुङको चारराते क्षेत्रमा छायांकनका लागि आएका टिमलाई साँझ प्राङ्बुङ स्पोर्टिङ क्लब, वडा कार्यालय, र पालिकाको समन्वयमा भव्य स्वागत गरिएको हो। कलाकारहरुलाई स्थानीय फूलहरुले स्वागत गरिएको प्राङ्बुङका स्थानीय शिल्प कुमार राईले जानकारी दिनुभयो।

चलचित्रको प्रस्तुतकर्ता आर्टमाण्डु नेपाल प्रा.लि. रहेको छ, र यसमा प्रमुख भूमिकामा अभिनेता बिपिन कार्की र अभिनेत्री मिरुना मगर छन्। छायांकन असोज महिनादेखि पाँचथरको विभिन्न स्थानमा हुँदै आएको छ। यसअघि नवमी डाँडा, सुकेपोखरी, पौवा भञ्ज्याङ, साधुटार, निबु खोला, र लब्रेकुटीमा छायांकन सम्पन्न भइसकेको छ।

लाइन डाइरेक्टर फुङ्सो जबेगुले दिएको जानकारी अनुसार, चलचित्रको छायांकनका लागि फालेलुङमा ४२ जनाको टिम रहेको छ। चारराते क्षेत्रमा कार्तिक ६ गतेदेखि एक हप्तासम्म छायांकन चल्ने छ।

तस्विर फालेलुङ प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय