फालेलुङ।

Nepalitheme

पाँचथरको फालेलुङ–४ महभिरमा शनिबार दिउँसो १ बजे आगलागी हुँदा एक डेरी उद्योग पूर्ण रूपमा नष्ट भएको छ।

स्थानीय श्याम सहयात्री थाम्सुहाङका अनुसार महन थाम्सुहाङको डेरी उद्योगमा अचानक आगलागी भएको थियो। आगलागीका कारण उद्योगमा रहेका ३ सय केजी छुर्पी, १ सय केजी घ्यू, दुग्ध पेल्ने मेसिन तथा घ्यू–छुर्पी उत्पादनमा प्रयोग हुने सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट ६ देखि ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको उनले जानकारी दिए।

ऊनको स्वीटर टेजर

डेरी उद्योगका मालिक थाम्सुहाङका अनुसार बिहानको काम सकेर बाहिर काममा गएको बेला आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन, तर छुर्पी पकाउन प्रयोग गरिएको आगोको कोइला ननिभ्दा आगो लागेको हुनसक्ने आशंका गरिएको छ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आए पनि उद्योग पूर्ण रूपमा ध्वस्त भएको सहयात्रीले जानकारी दिए। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन गर्न वडा अध्यक्ष सन्तबिर राई घटनास्थलतर्फ गइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय