खानेपानी सिचाइ सूचना

पाँचथर। मिक्लाजुङ गाउँपालिका–२ स्थित सप्तमी बजारमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ। सौर्य वायु ऊर्जा परियोजनामा कार्यरत ४० वर्षीय चन्द्र रैका मगर (झलेन्द्र) को बुधबार साँझ करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय रवीले जनाएको छ।

Nepalitheme

मृतक मगर सो ऊर्जा परियोजनामा प्राविधिकका रूपमा कार्यरत थिए। करेन्ट लाग्नुको कारण अझै खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि मृतकको शव पोष्टमार्टमका लागि मिक्लाजुङ–२ स्थित रवी स्वास्थ्य चौकीमा लगिएको गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माले जानकारी दिए।

ऊनको स्वीटर टेजर

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय