खानेपानी सिचाइ सूचना

पाँचथर, फालेलुङ । नेपाल तरुण दल फालेलुङ गाउँपालिकाको ऐतिहासिक प्रथम सम्मेलनबाट खड्क ठटाल अध्यक्षमा निर्वाचित भएका छन्।

Nepalitheme

फालेलुङ गाउँपालिका–३, नाम्लोवामा सम्पन्न पालिकास्तरीय पहिलो अधिवेशनले ठटालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र लावती र कल्पना गुरागाईं, सचिवमा विकास राई, सह–सचिवमा सुकमान केरुङ र कोषाध्यक्षमा सन्देश राई चयन भएका छन्।

त्यस्तै, जिल्ला प्रतिनिधिमा राधाकृष्ण रिजाल, सञ्चमान जबेगु, पार्वती जबेगु, पुष्प अधिकारी, बुद्धमाया केरुङ, सुकराज केरुङ, रेनुका लोहार, लक्ष्मण बराइली र सुरेन्द्र राई निर्वाचित भएका छन्।

ऊनको स्वीटर टेजर

नेपाल तरुण दलको पाँचथर जिल्ला अधिवेशन धेरै समयपछि हुन लागेको तर हालसम्म केन्द्रबाट स्पष्ट मिति तोकिएको छैन। जिल्ला अध्यक्ष सुमन लामाका अनुसार हाल फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने जिल्लाभर ४२ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए।

अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय समहमन्त्री भीष्मराज आङ्देम्वे प्रमुख अतिथि थिए। विशेष अतिथिको रूपमा कांग्रेसका निवर्तमान जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र नेपाल तरुण दल जिल्ला अध्यक्ष सुमन लामाको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आङ्देम्वेले वर्तमान सरकारले देश, जनता र युवाका पक्षमा सकारात्मक काम गरिरहेको बताए। साथै, अधिवेशनबाट निर्वाचित नयाँ समितिलाई बधाई दिँदै उनले स्थानीय स्तरबाट राष्ट्र निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय