ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–६ का अर्जुन गुरुङले प्रहार गरेको खुकुरी प्रहारबाट फक्ताङलुङ गाउँपालिका–३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको ज्यान गएको हो।

Nepalitheme

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार अर्जुन गुरुङ आफ्नी श्रीमती सरिता लिम्बूसँग बुधबार बिहान सरिताकी फूफू योगमाया लिम्बूको घर, फक्ताङलुङ–३ स्थित तावा पुगेका थिए।

त्यसै राति अर्जुन र सरिताबीच विवाद भएको र त्यसपछि योगमाया लिम्बूले सरिता लिम्बूलाई सम्झाउँदै छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङलिङस्थित घर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ऊनको स्वीटर टेजर

तर सिस्ने खोलासम्म पुग्दा अर्जुन र तेजेन्द्रबीच झगडा भएको र त्यस क्रममा अर्जुनले तेजेन्द्रमाथि खुकुरी प्रहार गरेका थिए। घटनास्थलमै तेजेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल अर्जुन गुरुङ र सरिता लिम्बू दुवै जना फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय