पाँचथर
श्रीमानको जन्मदिनको अवसर पारेर पाँचथरको फालेलुङ–७ की दुर्गादेवी पोख्रेलले आफ्ना श्रीमान पुष्प तिम्सिनालाई बीमालेख उपहारमा प्रदान गरेकी छन्। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औँ वार्षिक उत्सवको अवसरमा फिदिम शाखाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उक्त बीमालेख प्रदान गरिएको हो।

Nepalitheme

पोख्रेलले १० लाख रुपैयाँ बीमांक भएको हिमालयन सावधिक जीवन बीमा योजना अन्तर्गत बीमालेख उपहार स्वरूप प्रदान गरेकी हुन्। बीमाशुल्क वार्षिक ६१ हजार रुपैयाँ स्वयं पोख्रेलले तिर्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, “उहाँको दीर्घायूको कामनासहित यो उपहार प्रदान गरेकी हुँ।”

यसअघि तिम्सिनाले ४१ लाख रुपैयाँ बीमांकको बीमा गरिसकेका थिए। नयाँ बीमालेखसहित उनको कुल बीमांक ५१ लाख पुगेको फिदिम शाखाका प्रमुख ओम खतिवडाले जानकारी दिए।

ऊनको स्वीटर टेजर

त्यसैगरी, वार्षिक उत्सवकै अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सको ताप्लेजुङ शाखाले फुङलिङ नगरपालिका–४ मा रहेको बालमन्दिर आवासीय विद्यालयका सुस्त श्रवण भएका बालबालिकासहित अन्य विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयमा आयोजित चियापान कार्यक्रममा कापी, कलम, पेन्सिललगायत सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख कल्पना राईले जानकारी दिइन्।

हिमालयन लाइफ इन्स्योरेन्सले १७औँ वार्षिक उत्सवको अवसर पारेर देशभरका उपशाखा, शाखा, उपप्रदेश, प्रदेश तथा केन्द्रीय कार्यालयहरूबाट विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कम्पनीले बालबालिका, जेष्ठ नागरिक, अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरूसँग सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक उत्सव सम्पन्न गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय