फिदिम नगरपालिका वडा नं ६ सिवास्थित योङ कम्युनिस्ट लिंग (वाइसीएल) नेपालको दोस्रो सम्मेलन भाद्र २७ गते सम्पन्न भएको छ।
सम्मेलनमा नयाँ पदाधिकारी चयन गरिएको छ। अध्यक्षमा इन्द्र कुमार तुम्रोक, उपाध्यक्षहरूमा सागर राई र रबिन किशोर राई, सचिवमा जीवन सारू मगर, सहसचिवहरूमा रबिन राई र सुबास आङ्देम्बे, र कोसाध्यक्षमा कल्पना मगर चयन भएका छन्। ३५ सदस्यीय वडा कमिटी सर्वसहमतिले निर्वाचित भएको वाइसीएल जिल्ला संयोजक गणेश तुम्रोकले जानकारी दिए।

सम्मेलनमा जनता समाजवादी पाटी (जसपा) परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नेता र कार्यकर्ताहरूलाई सम्मेलनका प्रमुख अतिथि नगरका उपप्रमुख राधाकृष्ण न्यौपानेले स्वागत गरेका थिए। प्रवेश गर्नेमा राजपाल आङ्देम्बे, सर्मिला खवास तुम्रोक, भूतपूर्व सैनिक देउमान तुम्रोक, देउकुमार तुम्रोक लगायतका व्यक्तिहरू छन्।

सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य, फिदिम नगर ईन्चार्ज राधाकृष्ण न्यौपाने, विशेष अतिथि देबी थापा मगर, वाइसीएल प्रदेश सहसंयोजक बिक्रम संकर, वाइसीएल पाँचथर ईन्चार्ज असोक राई, प्रदेश सदस्य रोहित आङ्बो र जिल्ला संयोजक गणेश तुम्रोक उपस्थित भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय