फिदिम। डेङगु संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै फिदिम नगरपालिकाले किटनाशक औषधि छर्कने अभियान सञ्चालन गरेका छन्।

बुधबारदेखि नगरपालिकाले फिदिम बजार र वरपरका क्षेत्रमा औषधि छर्कने कार्य सुरु गरेको हो। यस्ता संक्रमणको रोकथामका लागि नगरपालिकाले समय-समयमा यस्ता गतिविधि गर्दै आएको नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले जानकारी दिए।

फिदिम बजार परिसर, जोर्साल, पल्लोटार लगायतका स्थानहरूमा किटनाशक औषधि छर्किएको छ। नगरपालिकाले डेङगु जस्तो प्रकोपले नगरवासीलाई प्रभावित गर्न नदिन विशेष योजना बनाई औषधि छर्कने कामलाई तीव्रता दिएको छ।

उपप्रमुख न्यौपानेले भने, “डेङगु संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न यो अभियान सञ्चालन गरिएको हो। नगरवासीलाई सुरक्षित राख्न नगरपालिकाले सक्रिय रूपमा काम गरिरहेको छ।”

हालसम्म कुनै ठूलो संख्यामा संक्रमण पुष्टि नभए पनि नगरपालिकाले सचेतना र रोकथामको लागि पहल गरिरहेको छ। यसैबीच, नागरिकहरूलाई पनि घर वरिपरिका पानी जम्ने ठाउँ हटाउन, सरसफाइमा ध्यान दिन र नगरपालिकाको यो पहलमा सहयोग गर्न आग्रह पनि गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय