पाँचथर : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाँचथरको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
सम्मेलनबाट चित्रकला हाङ्सरुम्वाको नेतृत्वमा ३१ सदस्यीय सर्वसम्मत जिल्ला कमिटी चयन गरिएको अखिल क्रान्तिकारी केन्द्रिय सदस्य चन्द्र माङ्मुले जानकारी दिएका छन् । पदाधिकारीमा उपाध्यक्ष मिङ्सो लोवा, बिमल ताम्लिङ, बिमल चाम्लिङ र चन्द्रहाङ लाओती सचिव चन्द्रप्रकाश तुम्बापो सहसचिव सुनिल रिमाल र मदन तुम्बापो कोषाध्यक्ष बिनुका राई चयन भएका छन् ।
सामाजिक न्याय र सुशासन सहितको समृद्ध जिल्ला निर्माणको लागि हाम्रो आन्दोलन समाजवादी शिक्षा प्राप्तिका लागि १३ औं जिल्ला सम्मेलन भन्ने मुल नारा तय गरिएको थियो । मिङ्सो लोवाले कार्यक्रम सञ्चालन गरेका थिए भने, सम्मेलन जिल्ला संयोजक सन्दिप तुम्रोकको अध्यक्षतामा सञ्चालन भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, पोलिट ब्युरो सदस्य तथा कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङवोको प्रमुख अतिथि रहनुभएको थियो। विषेश अतिथिमा अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष मदन भट्टराई, पार्टीका केन्द्रिय सदस्य तथा कोशी प्रदेशका पूर्वसांसद जिल्ला इन्चार्ज सीता थेवे र पार्टीका प्रदेश सदस्य र विभिन्न भ्रातृसङ्गठनमा केन्द्रिय सदस्य र प्रदेश सदस्यको उपस्थितिमा अधिवेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष चित्रकला हाङ्सरुम्वाले जानकारी दिए।
सम्मेलनमा जिल्लाका ८ वटै स्थानीय तहबाट १ सय ८० जना विद्यार्थी प्रतिनिधिका रुपमा सहभागि थिए। अखिल क्रान्तिकारीले कोशी प्रदेशको भदौ २४ र २५ गते विराटनगरमा सम्मेलन हुने भएको छ । त्यस्तै केन्द्रको असोजको २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएकोले त्यसैको तयारी स्वरुप सबै जिल्लामा जिल्ला सम्मेलन भइरहेको केन्द्रिय सचिव चन्द्र माङ्बुले बताउँनुभयो।