
ताप्लेजुङको फुङलिङ नगरपालिका–३ टारबारीकी ११ वर्षीया गङ्गा शेर्पा बिहीबार अपराह्न तमोर नदीले बगाउँदा बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गङ्गा शेर्पा निङ्मा साङ्गे शेर्पाकी छोरी हुन्।
साथीहरू सहित नदी किनारको डम्पिङ साइटमा फालेको सामान खोज्न गएकी गङ्गा तिर्खा लागेपछि पानी खान गएकी थिइन्। त्यही क्रममा ढुङ्गाबाट चिप्लिएर उनी नदीमा खसेको बताइएको छ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै खोजी कार्य सुरु गरिएको भए पनि अहिलेसम्म बालिकाको अवस्थाबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभएको छ।

घटनास्थल अस्थायी प्रहरी चौकी सिम्लेबाट करिब ३ किलोमिटर दक्षिणमा रहेको छ।