सोलुखुम्बु : यस वर्षको वसन्त यामको सगरमाथामा बाटो बनाउने कार्य सकिएको छ। शुक्रबार बेलुका ८:१५ मा सगरमाथामा बाटो बनाउने दश जना शेर्पाको टोलीले बाटो तयार गर्दै सफलतापूर्वक शिखर चुमेका हुन्।

Nepalitheme

यससँगै सगरमाथा आरोहणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशी आरोहीहरुका लागि आरोहणको बाटो खुलेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान ५ बजे रुट फिक्सिङ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो।

‘उनीहरु राती ८:१५ बजे एकदम सफततापूर्वक शिखरमा पुग्न सफल भए, अब यस सिजनमा सगरमाथा आरोहणको बाटो खुला भयो, पहिलो पटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन्।’, फिल्ड कार्यालय प्रमुख गौतमले भने। सोही टोलीले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको उनले बताए।

ऊनको स्वीटर टेजर

शेर्पा समुहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (सङ्खुवासभा), लाक्पा शेर्पा (सङ्खुवासभा), दावा रिन्जे शेर्पा (सङ्खुवासभा), दावा शेर्पा (सङ्खुवासभा), पाम दोर्जी शेर्पा(सोलुखुम्बु), सुक बहादुर तामाङ्ग (सङ्खुवासभा), नामग्याल दोर्जे तामाङ्ग (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (सङ्खुवासभा) रहेका थिए।

यस वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय