खानेपानी सिचाइ सूचना

सिदिङ्वा, ताप्लेजुङ।
सिदिङ्वा गाउँपालिकाले आउँदो शुक्रबार एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै जेष्ठ १५ देखि १७ गतेसम्म आयोजना हुने प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवलाई लक्षित गर्दै जेष्ठ १६ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो।

Nepalitheme

पालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार, जेष्ठ १५ र १७ गते सार्वजनिक बिदा परेकाले महोत्सव अवधिभर पालिकाभर तीन दिन बिदा हुने छ। महोत्सवमार्फत सिदिङ्वा धामसहित अन्य पर्यटकीयस्थलहरूको प्रचार–प्रसार र प्रवर्धन गर्ने उद्देश्य राखिएको छ।

३,५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम र आसपासका ढुङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुंगा जस्ता पर्यटकीय गन्तव्यहरूको सम्वर्द्धनका लागि महोत्सव आयोजना गरिएको हो। तीनदिने महोत्सवमा सांस्कृतिक कार्यक्रम, साहित्य सिर्जना, खेलकुद प्रतियोगिता र स्थानीय हस्तकला प्रदर्शनीसमेत रहनेछन्।

ऊनको स्वीटर टेजर

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार, महोत्सव अन्तर्गत वडास्तरीय भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि आयोजना हुनेछ। म्याराथनतर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, याक, चौँरी, भेडापालन तथा स्थानीय हस्तकला सामग्रीको प्रदर्शनीसमेत गरिने जनाइएको छ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमतर्फ लोकप्रिय गायक राजेश पायल राई, कुशल थलङ, गायिका प्रतिका बेघालगायत कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ।
महोत्सव सञ्चालनका लागि करिब ३७ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय