पाँचथर । किरन थेगिम (जबेगू) लिम्बूको शब्द र दीक्षा खजुम लिम्बूको स्वरमा रहेको ‘तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको छ।
शुक्रबार बेलुका किरन थेगिमको आफ्नै अफिसियल युट्युब च्यानल (Kiran Thegim) मार्फत गीत सार्वजनिक भएको जानकारी जबेगूले दिएका छन्। यो उनको पहिलो गीत हो।

Pasupati Ayurvedic
Nepalitheme

उदयमान गायिका दीक्षा खजुम लिम्बू पाँचथरकै न्यू बर्दान संगीतालयमा संगीत सिक्दै आएकी छन्। जबेगू पाँचथरको फालेलुङ घर भएका एक किसान भए पनि गीत–संगीतप्रति विशेष रुचि राख्दै आएका छन्। उनले आफ्नै शब्दमा तयार पारेको गीतलाई संगीत र एरेन्ज बुद्धराज इवा लिम्बूले गरेका हुन्।

गीतको भिडियोमा गायिका खजुमकै लिपसिङ देखाइएको छ। गीत सार्वजनिक गर्दै थेगिमले गीत–संगीतलाई माया र संरक्षण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार अब दीक्षा खजुम लिम्बू र गायक सुरज मादेनको स्वरमा अर्को गीत रेकर्ड गर्ने तयारी भइसकेको छ।

ऊनको स्वीटर टेजर

भिडियो हेर्नुस्–

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय