पाँचथर । श्रम संस्कृति पार्टी पाँचथरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ब्रबिन शेर्मालाई प्रत्यक्षतर्फको एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

आइतबार बसेको पार्टीको जिल्ला बैठकले शेर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीका अनुसार शेर्मा लिम्बू संस्कृति, भाषा र पहिचानको संरक्षणका लागि लामो समयदेखि सक्रिय व्यक्ति हुन्। उनी लिम्बू मुन्धुमी गायकका रूपमा समेत परिचित छन्।

पाँचथरको कुम्मायक गाउँपालिका–२, माङ्जाबुङ निवासी शेर्माले सांस्कृतिक आन्दोलनसँगै सामाजिक अभियानमा पनि सक्रिय भूमिका खेल्दै आएका छन्। पार्टीले शेर्मालाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने योग्य उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
श्रम संस्कृति पार्टीले पाँचथर जिल्लामा स्थापित राजनीतिक दलहरूभन्दा फरक ढंगले श्रम, संस्कृति र पहिचानलाई केन्द्रमा राखेर सक्रिय प्रतिस्पर्धा गर्ने रणनीति लिएको जनाएको छ। यस निर्वाचनका लागि जिल्लाबाट एकल उम्मेदवार सिफारिस गरिएको पार्टीले स्पष्ट पारेको छ।

ऊनको स्वीटर टेजर

पछिल्लो समय भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछि तत्कालीन धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईको नेतृत्वमा दर्ता भएको दल हो। पार्टीले अब आउने निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने लक्ष्यसहित संगठन विस्तार गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय