फिदिम। जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक बिदाका दिनहरूमा समेत केही अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गरिने जनाएको छ। कार्यालयद्वारा जारी सूचनाअनुसार नागरिकलाई सेवा पहुँचमा सहजता प्रदान गर्ने उद्देश्यले बिदाका दिनमा पनि नियमित रूपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो।

Nepalitheme
Pasupati Ayurvedic

सूचनामा उल्लेख भएअनुसार नागरिकता सम्बन्धी सेवा, राहदानी सेवा तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिदाका दिनहरूमा पनि उपलब्ध गराइनेछ। यस कदमले सेवाग्राहीलाई आवश्यक कागजात समयमै तयार गर्न तथा सहज रूपमा सेवा लिन सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ।

कार्यालयले गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, दशैंको घटस्थापना, क्रिसमस डे, ल्होसार, माघे सङ्क्रान्ति, प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस तथा ईदजस्ता विभिन्न सार्वजनिक बिदाहरूमा समेत सेवा सञ्चालन गरिने जनाएको छ।

ऊनको स्वीटर टेजर

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सार्वजनिक सेवा प्रभावकारी बनाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताउनुभयो। उहाँले सेवाग्राहीलाई बिदाका दिनमा पनि निर्धक्क रूपमा कार्यालयमा उपस्थित भई सेवा लिन आग्रह गर्नुभयो।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय