पाँचथर । पाँचथरमा प्रथम सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता यही असार ५ गतेदेखि सुरु हुने भएको छ। पाँचथर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगिता फिदिमस्थित जिल्ला समन्वय समितिको कोर्टमा तीन दिनसम्म सञ्चालन हुनेछ।

Pasupati Ayurvedic
Nepalitheme

प्रतियोगितामा पुरुष युगल, महिला युगल, यु–१५ छात्र तथा छात्रा एकल, १०० वर्ष माथिको भेट्रान्स युगल (खुला), अन्तर जिल्ला पुरुष युगल तथा खुल्ला मिश्रित युगल गरी सात विधामा प्रतिस्पर्धा गरिने संघका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो।

झन्डै १० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधाका विजयी खेलाडी तथा टोलीले आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

ऊनको स्वीटर टेजर

पुरुष युगलतर्फ पहिलो हुने टोलीलाई ५१ हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १२ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। महिला युगलतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी अन्तर जिल्ला पुरुष युगलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यु–१५ छात्र तथा छात्रा एकलतर्फ विजेता खेलाडीले १५ हजार, उपविजेताले १० हजार र तेस्रो स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

१०० वर्ष उमेर समूह (दुई खेलाडीको संयुक्त उमेर) अन्तर्गतको भेट्रान्स युगलतर्फ विजेता टोलीलाई ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुने टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

खुल्ला मिश्रित युगलतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन्।

करिब २०० खेलाडीको सहभागिता रहने प्रतियोगितालाई सफल बनाउन तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय