फिदिम ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फिदिम नगरपालिका–१४, लुङरुपा जालपामा परम्परागत रूपमा हुँदै आएको तेस्रो लुङरुपा गोल्डकप २०८२ आयोजना हुने भएको छ। लुङरुपा स्पोर्टिङ क्लबको आयोजनामा पौष २७ गतेदेखि माघ ३ गतेसम्म ‘येले तङ्बे ५०८६’ तथा परम्परागत कक्फेक्वा ताङ्नाम (माघे संक्रान्ति)को अवसरमा यस वर्ष पनि गोल्डकप तथा मेला सञ्चालन गरिन लागिएको मेला सचिव इन्द्र नेम्वाङले जानकारी दिनुभयो।

पौष २७ गते भव्य रूपमा उद्घाटनसँगै मेला सुरु हुने छ। सोही दिनदेखि पुरुष तथा महिलातर्फको नकआउट फुटबल प्रतियोगिता पनि प्रारम्भ हुनेछ।

ऊनको स्वीटर टेजर

पुरुषतर्फ प्रथम हुने टोलिले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलिले ५० हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै विधागत पुरस्कार पनि राखिएको आयोजकले जनाएको छ।

महिलातर्फ प्रथम हुने टिमलाई ३० हजार ३ सय रुपैयाँ, दोस्रो टिमलाई १५ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरुष र महिला दुवै विधामा ‘प्लेयर अफ द म्याच’ पुरस्कार पनि रहनेछ।

पुरुष टोलिले प्रतियोगितामा सहभागी हुन ५ हजार रुपैयाँ प्रवेश शुल्क र १५ सय रुपैयाँ धलौटी बुझाउनुपर्नेछ भने, महिलातर्फ प्रवेश शुल्क १५ सय र धलौटी ५ सय तोकिएको छ।

तेस्रो लुङरुपा गोल्डकप २०८२ लाई फिदिम नगरपालिकाले प्रवर्द्धन गरेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय