किरण लिम्बू, चैनपुर संखुवासभा।
पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लब, चैनपुर नगरपालिका–१ पोक्लाबुङ्गको आयोजनामा छैटौं पोक्लाबुङ्ग फुटबल कप–२०८२ अन्तर्गत खुला वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता वसन्त पञ्चमीको अवसरमा माघ ६ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ।

Nepalitheme
Pasupati Ayurvedic

आयोजक संस्थाका अध्यक्ष विष्णुकुमार राईका अनुसार प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका टिमहरूको सहभागिता रहनेछ। पुरुषतर्फ प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २२ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही ५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ।

महिलातर्फ प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले नगद १२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक प्रकाश लिम्बूले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा सहभागिताका लागि पुरुष टिमको दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ र महिला टिमको दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिम दर्ता माघ ४ गते बेलुका ४ बजेसम्म गर्नुपर्नेछ। प्रतियोगिताका खेलहरू माघ ६ गते बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय