Nepalitheme

फालेलुङ।
पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ को संगमस्थल थाप्लीडाँडा, सिर्लीङ्गी टारमा आयोजित तेस्रो फालेलुङ पर्यटन महोत्सवअन्तर्गत भएको वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फ फालेलुङ–४ र महिलातर्फ फालेलुङ–२ ले उपाधि जितेका छन्।

मंसिर १२ गतेदेखि सुरु भएको महोत्सवसँगै सञ्चालन गरिएको फुटबल प्रतियोगिता मंसिर १५ गते फाइनल खेलसँगै सम्पन्न भएको हो। फालेलुङ गाउँपालिकाको मुख्य प्रवर्द्धन तथा तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ फालेलुङ–४ र फालेलुङ–५ फाइनलमा आमनेसामने भएका थिए। फालेलुङ–४ ले २ गोल तथा फालेलुङ–५ ले कुनै गोल गर्न नसकेपछि फालेलुङ–४ ले उपाधि हात पार्यो। उपाधिसहित फालेलुङ–४ ले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको फालेलुङ–५ ले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

ऊनको स्वीटर टेजर

त्यस्तै महिलातर्फ फालेलुङ–५ र फालेलुङ–२ फाइनलमा प्रवेश गरेका थिए। खेलमा फालेलुङ–२ ले २ गोल तथा फालेलुङ–५ ले १ गोल गरेपछि फालेलुङ–२ विजेता बनेको हो। यससँगै फालेलुङ–२ ले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको फालेलुङ–५ ले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक मंगल सावदेनले जानकारी दिए।

विभिन्न विधामा विजेता टोलीलाई महोत्सव समापन समारोहका प्रमुख अतिथि वीर विक्रम थाम्सुहाङले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रमका अध्यक्ष लेन्जो सावदेनका अनुसार महोत्सवले खेलकुद र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय