फालेलुङ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फालेलुङ–४, लाफे फोक्टेमा आयोजित प्रथम सुर्यदय गोल्डकप सोमबारदेखि सुरु भएको छ। एक औपचारिक कार्यक्रमका बीच गोल्डकप तथा साँगीतिक कार्यक्रमको आयोजना गरिएको हो।

गोल्डकपको उद्घाटन फालेलुङ–४ का वडा अध्यक्ष सन्तबिर राईले गर्नुभएको थियो। उद्घाटन खेलमा फिदिम नगरपालिका–११, नांगिनको मिलन कृषक समूह र फालेलुङ–५, प्राङ्बुङ एफसीबीच प्रतिस्पर्धा भएको थियो। खेलमा प्राङ्बुङ एफसीले मिलन कृषक समूहलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ।

ऊनको स्वीटर टेजर

तर, मौसम प्रतिकूल बनेपछि दोस्रो म्याच सोमबार सम्पन्न हुन सकेन। आयोजक चन्द्र राईका अनुसार आज (मंगलबार) महिला तथा पुरुष दुवै तर्फका खेलहरू संचालन हुनेछन्।

साँझपख भने रंगीन साँगीतिक कार्यक्रम आयोजना गरिएको थियो। ‘द भ्वाइस अफ नेपाल सिजन सिक्स’ का प्रतियोगी मिङ्सो केरुङ, दीक्षा खजुम, दिनेश मगर, बिज्ञान जबेगू र युबिन जबेगूले आफ्नो प्रस्तुति दिएका थिए।

गोल्डकप अन्तर्गत महिला र पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल वैशाख २० गते सम्पन्न हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, महिलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

फाइनल खेलको दिन विभिन्न जातजातिका सांस्कृतिक नृत्यहरू र स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ। उक्त जानकारी आयोजक सुशील राईले दिएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय